२०८३ साउन २१ गते बिहीबार

पार्टीका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चाले नै सरकार चलाओस्

पार्टीका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चाले नै सरकार चलाओस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १४ गते आइतबार ०६:२६

उनले अबको अढाइ वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने भन्दै मन्त्रीहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्न प्रस्ताव गरेका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले, सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्नु पर्ने प्रस्ताव गरेका हुन् ।

अबको अढाइ वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने भन्दै मन्त्री हरूलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्न प्रस्ताव गरेका हुन् ।

‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ,’ पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ।’ उनले भने ‘ उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नु भएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, अढाइ वर्ष उहाँहरूलाई चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

उनले अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको भन्दै यसो हेर्दा सरकारमा सबै भएपनि जवाफ दिने बेला कसैले नदिँने बताए ।

प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०६:२६
हजुरको प्रतिक्रिया