पोखरा
नेकपा एमाले गण्डकी प्रदेश कमिटीको निर्वाचन प्रक्रिया बुधबार बिहानसम्मका लागि स्थगीत भएको छ ।
मंगलबार दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
उम्मेदवारको क्लष्टरमा विवाद भएपछि तोकिएको समयमा मनोनयन दर्ता सुरु भएन । साँझ ५ बजेपछि दर्ता हुने भनिएपनि बुधबार विहान ७ बजेसम्म स्थगीत भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।
उम्मेदवारहरुको क्लस्टर मिलाउनुपर्ने भएपछि ढिलाइ भएको निर्वाचन कमिटीले जनाएको छ । प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका क्लस्टर मिलेको थिएन ।
सोमबार अम्मरसिंह चौरबाट प्रथम अधिवेशनको उद्घाटन भएको हो । त्यसपछि सोमबार साँझ नै पोखरा सभागृहमा बन्दसत्र सुरु भएको हो ।
प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रस्तुत गराजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल भएपछि मंगलबार पास भएको छ ।
८ समूह बनाएर प्रतिवेदनमाथि गण्डकीका ११ जिल्ला र जनसंगठनबाट आएका ९ सय ७ प्रतिनिधिले सुझाव दिएका थिए ।
गण्डकीको अधिवेशनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रतिष्ठाको लडाइ पक्का छ ।
गुरुङ हालका अध्यक्ष नवराज शर्मा दोहो¥याउन चहान्छन् भने खगराज पक्षबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी उम्मेदवार बन्ने करिब निश्चित छ ।
केन्द्रीय सदस्य कास्कीका राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँका पूर्वसांसद सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालले प्रदेश अध्यक्षका आकंक्षी हुन् ।
गुट नै बनाएर चुनावी मैदानमा उत्रिदा उनीहरुको इच्छाले काम गर्ने छैन ।
गण्डकीमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल कस्को पक्षमा खुल्छन् त्यसले प्रभाव पार्नेछ ।
प्रकाशित मिति २०८० असोज १६ गते मंगलबार ०६:५६




