२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीलाई इजरायलबाट कास्कीका सुरज भण्डारीको मर्मिक पत्रः हाम्रो भरोसा नै तपाईंँ हो

प्रधानमन्त्रीलाई इजरायलबाट कास्कीका सुरज भण्डारीको मर्मिक पत्रः हाम्रो भरोसा नै तपाईंँ हो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २२ गते सोमबार १२:३९

भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’

पोखरा

इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् ।

अन्नपूर्ण गाउँपालिका-२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’

सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको ‘सास रोकिएको’ उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् ।

इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।

हेराै‌ं, सुरज भण्डारीकाे पत्र

प्रकाशित मिति २०८० असोज २२ गते सोमबार १२:३९
हजुरको प्रतिक्रिया