२०८३ साउन २१ गते बिहीबार

पोखरामा रास्वपाको कार्यक्रम स्थगित

पोखरामा रास्वपाको कार्यक्रम स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २२ गते सोमबार ०१:२४

जिरो किलोमिटरस्थित गण्डकी प्रदेश कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक सुजन बस्ताकोटीले जानकारी दिए ।

पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र आसपासमा गर्ने भनेको सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

इजरायलमा भएका आक्रमणमा परी नेपाली विद्यार्थीले ज्यान गुमाएको दुखद् घडीमा गण्डकीमा तय भएका सबै कार्यक्रम स्थगित गरिएको हो ।

गण्डकी प्रदेश कार्यालय उद्घाटन गर्न सभापति रवि लामिछाने पोखरा आउने कार्यक्रम थियो । रास्वपाले गण्डकी प्रदेश कार्यालय पोखराको जिरोकिमीमा स्थापना गरेको छ । प्रदेश कार्यालय उद्घाटनसँगै कास्कीका विभिन्न पालिकामा पुग्ने तालिका थियो ।

बिहान ११ बजे पोखरा २९ भण्डारिढिक खेल मैदानमा स्थानीयलाई सम्बोधन गर्ने र त्यसलगत्तै प्रदेश कार्यालय उद्घाटन गर्ने, आजै सभापति लामिछानेले माछापुच्छ्रे गाउँपालिका लाहाचोकका स्थानीयलाई पनि सम्बोधन गर्ने सबै कार्यक्रम स्थगित गरिएको रास्वपा गण्डकीका महामन्त्री अशोक खड्काले जानकारी दिए ।

जिरो किलोमिटरस्थित गण्डकी प्रदेश कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक सुजन बस्ताकोटीले जानकारी दिए ।

इजराइलमा भएको आतंककारी हमलामा परी निर्दोष नेपालीहरुले अनाहकमा ज्यान गुमाउनु परेको दुःखद खबरले सिंगो देश नै स्तब्ध भएका बेला सबै कार्यक्रम स्थगित गरिएको खड्काले बताए ।

साथै रास्वपा गण्डकी सभापति राजन गौतमको पिताको निधन भएकोमा पनि उक्त पार्टीले परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति २०८० असोज २२ गते सोमबार ०१:२४
हजुरको प्रतिक्रिया