२०८३ साउन २१ गते बिहीबार

भेपमा सुन तस्करी प्रकरण: राहुल महरालाई थुनामा पठाउन आदेश

भेपमा सुन तस्करी प्रकरण: राहुल महरालाई थुनामा पठाउन आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २६ गते शुक्रबार ०६:५८

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।

काठमाडौं

भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

प्रकाशित मिति २०८० असोज २६ गते शुक्रबार ०६:५८
हजुरको प्रतिक्रिया