२०८३ साउन २१ गते बिहीबार

आज दसैंको तेस्रो दिनः चन्द्रघन्टा देवीको पूजा गरिँदै

आज दसैंको तेस्रो दिनः चन्द्रघन्टा देवीको पूजा गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ३० गते मंगलबार ०८:३१

पोखराका तालबाराही मन्दिर, विन्दबासिनी, भद्रकाली, गुप्तेश्वर मन्दिर, कास्कीकोट मन्दिर शिवमन्दिरलगायत मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

पोखरा

दसैंको तेस्रो दिन आज चन्द्रघन्टाको पूजा गरिँदैछ ।

घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको छ ।

पोखराका तालबाराही मन्दिर, विन्दबासिनी, भद्रकाली, गुप्तेश्वर मन्दिर, कास्कीकोट मन्दिर शिवमन्दिरलगायत मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघन्टा देवीको पूजा गरिन्छ ।

चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघन्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घन्टजस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ ।

उनी क्रोध तथा हिंसाजस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति २०८० असोज ३० गते मंगलबार ०८:३१
हजुरको प्रतिक्रिया