२०८३ असोज २४ गते शनिबार

नेपालको प्रतिष्ठा बढाउन गैरआवासीय नेपालीहरुलाई राष्ट्रपतिकाे आग्रह

नेपालको प्रतिष्ठा बढाउन गैरआवासीय नेपालीहरुलाई राष्ट्रपतिकाे आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ३० गते मंगलबार ०४:५१

गैरआवासीय नेपाली संघको ११औं विश्व सम्मेलन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तीव्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उँचो हुने धारणा राखे ।

पाेखरा

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको ११औं विश्व सम्मेलन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तीव्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उँचो हुने धारणा राखे ।

उनले देश विकसित भए मात्रै विदेशमा बस्ने नेपालीको शिर उँचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरुको प्रतिष्ठा बढ्न नसक्ने जनाए । नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान गैरआवासीय नेपालीहरुको रणनीतिक भूमिका र दायित्व हुने पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्र्याउनुपर्ने बताए ।

प्रकाशित मिति २०८० असोज ३० गते मंगलबार ०४:५१
हजुरको प्रतिक्रिया