२०८३ साउन २१ गते बिहीबार

कास्कीका कृष्ण कार्कीलाई कमल थापाले बनाए राप्रपा नेपालको महामन्त्री

कास्कीका कृष्ण कार्कीलाई कमल थापाले बनाए राप्रपा नेपालको महामन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १ गते बुधबार ०७:०८

कमल थापा नेतृत्वको राप्रपा नेपालप्रति पनि जनताको ठूलो आकर्षण देखिएको छैन । तर, कांग्रेसमा असन्तुष्ट हुँदै परित्याग गरेका कार्कीले राप्रपा नेपालको प्रमुख पदकै जिम्मेवारी पाएपछि चर्चाको विषय बनेको छ ।

पाेखरा
नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनाएको छ । कार्की गत महाधिवेशन प्रतिनिधिमा कास्कीमा पराजित भएका थिए ।

१३ औं महाधिवेशनमा प्रतिनिधि जितेर केन्द्रीय कोषाध्यक्षसमेत उठेका कार्की यसपटक महाधिवेशन प्रतिनिधिमा नराम्रो हार बेहोरेका थिए । महाधिवेशन प्रतिनिधि हारेपछि कांग्रेसप्रति असन्तुष्ट बनेका कार्कीलाई कमल थापाले महामन्त्रीको जिम्मेवारी दिएका हुन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालप्रति पनि जनताको ठूलो आकर्षण देखिएको छैन । तर, कांग्रेसमा असन्तुष्ट हुँदै परित्याग गरेका कार्कीले राप्रपा नेपालको प्रमुख पदकै जिम्मेवारी पाएपछि चर्चाको विषय बनेको छ ।

कांग्रेस परित्याग गरेका उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा मनोनित गरेको जानकारी गराएका छन् । पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको बताउँदै थापाले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

पोखरा–१४ का कार्कीले पोखराको मेयरमासमेत कांग्रेसबाट आकांक्षा राख्ने गरेका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि राप्रपासँग नजिक रहेको र थापासँगको सम्बन्धकै कारण पनि प्रवेश गरेको एक नेताले बताए ।

राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देलसँग पराजय खेपेपछि अलग हुँदै थापाले राप्रपा नेपाल नै ब्युताएका हुन् । राप्रपामा थापाई साथ दिनेहरु धेरैे जना अहिले पनि लिङ्देनतिरै लागिरहेका बेला थापाले भने अहिले राजसंस्थाको वकालत गर्दै राप्रपा नेपाल बिस्तारको काम गरिरहेका छन् ।

प्रकाशित मिति २०८० कात्तिक १ गते बुधबार ०७:०८
हजुरको प्रतिक्रिया