२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा देशभर थप २१ जनाकाे ज्यान गयाे

काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा देशभर थप २१ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १६ गते मंगलबार ०६:२६

पाेखरा । पछिल्लाे २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको छ । यससंगै देशभर काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ५२९ पुगेकाे छ ।   यस्तै, गत २४ घण्टामा देशभर १ हजार ३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि...

देशभर नै घट्याे काेराेना परिक्षणकाे दर

पाेखरा । पछिल्लाे २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको छ । यससंगै देशभर काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ५२९ पुगेकाे छ ।

 

यस्तै, गत २४ घण्टामा देशभर १ हजार ३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १ हजार ३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो । याे तथ्याङ्क हेर्दा देशभर काेराेना परिक्षणकाे दर घटेकाे छ ।

 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २ हजार ७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

 

यस्तै देशभर सक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् ।

प्रकाशित मिति २०७७ मंसिर १६ गते मंगलबार ०६:२६
हजुरको प्रतिक्रिया