पोखरा
आश्विन शुक्ल पक्षको आज द्वादशी । बडा दशैंको टीकाको तेस्रो दिन । विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।
साथै दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
दशैंको मुख्य दिनमा टीका लगाउन नभ्याउनेले पूर्णिमा सम्म पनि मान्यजनबाट टीका लगाउने चलन छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि यो वर्षको दशैं विधिवत रुपमा सकिन्छ ।
प्रकाशित मिति २०८० कात्तिक ९ गते बिहीबार ०७:३३