२०८३ साउन २१ गते बिहीबार

गुटेरेसको पोखरामा भव्य स्वागत

गुटेरेसको पोखरामा भव्य स्वागत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १३ गते सोमबार ०३:०८

चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसले आजको रात फेवाताल छेउ फिस्टेल लजमा बिताउनेछन् ।

पोखरा

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन् । नेपाली सेनाको विमानबाट दिँउसो २ बजे पोखराको पुरानो एयरपोर्टमा आइपुगेका हुन् । विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित उनको भव्य स्वागत गरिएको छ ।

विमानबाट ओर्लने बित्तिकै उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, पर्यटनमन्त्री दिपेन्द्रबहादुर थापाले माला लगाइदिएर स्वागत गरेका छन् । चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसले आजको रात फेवाताल छेउ फिस्टेल लजमा बिताउनेछन् ।

महासचिव गुटेरेस मंगलबार विहानै साढे ६ नेपाल आर्मीको हेलिकप्टर मार्फत् अन्नपूर्ण आधार शिविर पुग्ने योेजना छ । हिमालय क्षेत्रमा जलवायू परिवर्तको असरबारे अवलोकन तथा स्थानीयसँग छलफल गर्न उनी अन्नपूर्ण आधार शिविर पुग्न लागेका हुन् । उनले त्यहाँ स्थानीयबासीलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

आधार शिविरबाट फर्किएपछि विहान ८ बजे फर्किएपछि पोखराको एयरपोर्टमा पत्रकारसँग कुराकानी गर्नेछन् भने उनी मंगलबार नै लुम्बिनीतर्फ लाग्नेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर उनले बेलुकी संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको औपचारिक भ्रमण पूरा गरी फर्कनेछन् ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि गुटेरेसले पहिलोपटक नेपालको भ्रमण गरेका छन् ।

   

प्रकाशित मिति २०८० कात्तिक १३ गते सोमबार ०३:०८
हजुरको प्रतिक्रिया