२४ घण्टामा १ हजार ३४३ संक्रमित थपिए, २ हजार १११ जना निकाे भए
पाेखरा । वितेकाे २४ घण्टामा देशभर थप १३ जनाले काेराेना भाइरसका कारण ज्यान गुमाएका छन् । याे संगै देशभर काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ५५१ पुगेकाे छ । यस्तै, पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३४३ जना नयाँ संक्रमित थपिएका छन् । कुल ९ हजार २८९ जनाको पीसीआर परीक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दर बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार १११ जना निको भएका छन् । बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् ।
प्रकाशित मिति २०७७ मंसिर १८ गते बिहीबार ०७:११



