२०८३ असोज २४ गते शनिबार

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ६५ को मृत्यु

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ६५ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १८ गते शनिबार ०६:१३

भूकम्पको धक्का पोखरासहित देशभर र भारतको दिल्लीसम्म महसुस गरिएको छ । भूकम्पबाट भएकाे क्षतिको विवरण आउने क्रम जारी नै रहेको छ । राति ११ः ४७ बजे गएको भूकम्पपछि ३ वटा ४ रेक्टर भन्दा माथिका भूकम्प भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार यो भूकम्प पनि गोर्खा भूकम्पको पराकम्प हो । 

पोखरा

मध्यराति गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा ६५ जनाको मृत्यु भएको छ । घटनामा १०० बढी घाइते भएको प्रारम्भिक जानकारी आएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । रातिको समयमा भूकम्प गएकाले मानवीय क्षति बढ्ने सक्ने उद्धारमा खटिएका सुरक्षा अधिकारीहरुले अनुमान गरेका छन् ।

जाजरकोट रामीडाँडा आसपासलाई केन्द्र बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ।  प्रहरीका अनुसार नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि भूकम्पमा परी मृत्यु भएको छ । शनिबार बिहान ६ बजेसम्म संकलन गरिएको विवरण अनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ । रातिको समय भएकाले विवरण आउन कठिन भएको छ ।

उद्धार र राहतमा समस्या

उद्धार र राहतका लागि कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको सुर्खेत जिल्ला प्रशासन कार्यालले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमलम दाहाल प्रचण्डले उद्धार र राहतमा जुट्न तीन वटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । भूकम्पको धक्का पोखरासहित देशभर र भारतको दिल्लीसम्म महसुस गरिएको छ ।

भूकम्पबाट भएकाे क्षतिको विवरण आउने क्रम जारी नै रहेको छ । राति ११ः ४७ बजे गएको भूकम्पपछि ३ वटा ४ रेक्टर भन्दा माथिका भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार ०६:१३
हजुरको प्रतिक्रिया