२०८३ असोज २४ गते शनिबार

भूकम्प पीडितलाई राहत लिएर पब्लिक टिभी रुकुम पश्चिमतिर

भूकम्प पीडितलाई राहत लिएर पब्लिक टिभी रुकुम पश्चिमतिर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २४ गते शुक्रबार ०९:१७

सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई राहत वितरण गर्न लागिएको क्षेत्रीको भनाइ छ ।

पोखरा

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पब्लिक फोरके टेलिभिजन जाजरकोट भूकम्प पीडितलाई राहत उपलब्ध गराउन रुकुम पश्चिम प्रस्थान गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका भूकम्प पीडितलाई टेलिभिजनले राहत वितरण गर्नेछ । एक सय परिवारलाई राहत वितरण गर्ने पब्लिक फोरके टेलिभिजनका कार्यकारी निर्देशक मिनबहादुर क्षेत्री (मन) ले जानकारी दिए ।

उनका अनुसार १० लाख रुपैयाँ बराबरको राहत वितरण गरिने छ । भूकम्पपीडितलाई त्रिपाल, ब्ल्यांककेट, म्याट, तन्नासहित दैनिक उपभोग्य बस्तुको राहत प्याकेज बनाएको छ । प्रतिपरिवारलाई ३० केजी चामालसहित दाल, चना, चिउरा, नुन, तेल, बेसार, मसला, साबुन, मञ्जन, ब्रस लगायतका दैनिक उपभोग्य बस्तु राहतमा राखिएको छ ।

टेलिभिजनका शुभेच्छुक, विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त नगद तथा जिन्सी सामग्रीसहित पब्लिक टेलिभिजनमार्फत वितरण गर्न लागिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई राहत वितरण गर्न लागिएको क्षेत्रीको भनाइ छ ।

 

प्रकाशित मिति २०८० कात्तिक २४ गते शुक्रबार ०९:१७
हजुरको प्रतिक्रिया