२०८३ असोज २४ गते शनिबार

जोमसोममा जर्मन पर्यटककाे मोटरसाइकलमा दुर्घटनामा मृत्यु

जोमसोममा जर्मन पर्यटककाे मोटरसाइकलमा दुर्घटनामा मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २४ गते शुक्रबार ०६:३१

जर्मन नागरिकका अन्य साथीहरु मुस्ताङको लेते पुगेको र शुक्रवार विहान बेनी अस्पतालमा आएका थिए

म्याग्दी

बेनी हुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि (Mantred B) को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउ“पालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो ।

उद्धारमा संलग्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक कुमार गुरुङका अनुसार चालक सडकदेखी अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको उनले बताए ।

बिहिबार साँझ ७ बजे तिर भएको दुर्घटनामा मृत्यु भएका म्याट्रेड विको शव राती २ बजे बेनी अस्पतालमा ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा हिडेका थिए ।

चालक मृतक जर्मन नागरिकका अन्य साथीहरु मुस्ताङको लेते पुगेको र शुक्रवार बिहान बेनी अस्पतालमा आएका थिए ।

दुर्घटनामा उद्धार गर्न मुस्ताङबाट आएको सेना, बेनीबाट गएको प्रहरी तथा शसस्त्र र बाग्लुङबाट विपद उद्धार टोली परिचालन भएको थियो ।

प्रकाशित मिति २०८० कात्तिक २४ गते शुक्रबार ०६:३१
हजुरको प्रतिक्रिया