२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : देशभर थप १६ काे मृत्यु, १ हजार २७२ जनामा संक्रमण पुष्टि

काेराेना अपडेट : देशभर थप १६ काे मृत्यु, १ हजार २७२ जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १९ गते शुक्रबार ०५:२५

पाेखरा  । काेराेना भाइरसकाे संक्रमणका कारण बितेको २४ घण्टामा देशभर थप १६ जनाले ज्यान गुमाएका छन्  । याे संगै काेराेनाका कारण देशभर ज्यान गुमाउने  मृतकको कुल संख्या १ हजार ५६७ पुगेको छ । यस्तै, बितेको २४ घण्टामा देशभर थप  १ हजार २७२...

परिक्षणकाे दर घट्याे, घटेनन् काेराेना संक्रमित

पाेखरा  । काेराेना भाइरसकाे संक्रमणका कारण बितेको २४ घण्टामा देशभर थप १६ जनाले ज्यान गुमाएका छन्  । याे संगै काेराेनाका कारण देशभर ज्यान गुमाउने  मृतकको कुल संख्या १ हजार ५६७ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा देशभर थप  १ हजार २७२ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । कुल ८ हजार ४१ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएका हुन् । पछिल्ला दिनहरूमा काेराेना परिक्षणकाे दर कम हुँदै गएकाे छ जसका कारण संक्रमितकाे संख्या घटेझै देखिएपनि नेपालमा काेराेनाकाे स्थिती भयावह रहेकाे विज्ञहरूले बताएका छन् ।  यससँगै देशभर कोरोना संक्रमित संख्या २ लाख ३८ हजार ८६१ जना पुगेका छन् । नेपालमा हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर भएको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा १ हजार ५७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म देशभर काेराेना निको हुनेको संख्या २ लाख २१ हजार ८४७ रहेकाे छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति २०७७ मंसिर १९ गते शुक्रबार ०५:२५

हजुरको प्रतिक्रिया