नवलपुर
नवलपुरस्थित नारायाणी नदीमा माछाको भुरा छाडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा मंगलबार नारायणी नदीमा २ हजार माछाको भुरा छाडिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा नवलपर मत्स्य व्यवसायिक कृषक समूहले सहकार्य गरेर कावासोती नगरपालिका– १७ अमलटारीमा नारायणी नदीमा २ हजार माछाको भुरा छाडिएको छ ।
जलिय जैविक विविधताको संरक्षण गर्दैै आश्रित समुदायलाई रोजगारी सुनिश्चित गर्ने उदेश्यका साथ रहुँ र फिङगर जातको माछाका भुरा छाडेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका मत्स्य विकास अधिकृत सन्दिप लामिछानेले बताए ।
नारायणी नदिमा माछा मार्ने क्रम बढ्दो रहेको नवलपर मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष इन्द्र भुषालले बताए । माछाको संख्या भने दिनानुदिन घट्दै गइरहेकाले संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८० मंसिर ५ गते मंगलबार ०३:५३