२०८३ असोज २४ गते शनिबार

समाज

युक्रेन–रुस युद्धमा स्याङ्जामा प्रितम र गोरखाका सन्दीपसहित ४ जनाको मृत्यु

युक्रेन–रुस युद्धमा स्याङ्जामा प्रितम र गोरखाका सन्दीपसहित ४ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १३ गते बुधबार १०:४२

उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए 

परराष्ट्रले भने नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन 

पोखरा

युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो ।

थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।

परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन । रुस–युक्रेन युद्धमा नेपाली मारिन थालेपछि सोमबारदेखि परराष्ट्रमन्त्री एनपी साउदले आन्तरिक छलफल थालेका छन् ।

प्रकाशित मिति २०८० मंसिर १३ गते बुधबार १०:४२
हजुरको प्रतिक्रिया