२०८३ असोज २४ गते शनिबार

सुरु भयो एमालेको संकल्प यात्रा

सुरु भयो एमालेको संकल्प यात्रा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १४ गते बिहीबार ०३:५८

बैतडी । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु भएको छ । यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गरे । यात्रामा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका...

फेरि रैतीहरु हुन तयार छैनाैं - अध्यक्ष केपी शर्मा ओली

बैतडी । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु भएको छ ।

यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गरे ।

यात्रामा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष, केन्द्रिय कमिटिका सदस्य, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य लगायतका हजारौं प्रतिनिधिहरु सामेल छन् । झुलाघाटबाट हिँडेको यात्रा गोठलापनी बजार पुगेर आमसभामा परिणत भएकाे छ ।

एमालेले बिहीबार डडेलधुरासम्म यात्रा गर्ने एमाले बैतडीले जनाएको छ । देशको अधिकांश भू–भाग ओगटेको मध्यपहाडी क्षेत्रमा गरिने यो यात्राले राष्ट्रिय स्तरमा संमृद्धिको सन्देश प्रवाह गर्ने एमालेको दाबी छ ।

फेरि रैतीहरु हुन तयार छैनाैं – अध्यक्ष केपी शर्मा ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु हुन आफूहरु तयार नभएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए ।

गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।

प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०३:५८
हजुरको प्रतिक्रिया