२०८३ साउन २१ गते बिहीबार

पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १६ गते शनिबार ०७:३६

जैविक विविधता तथा पर्यावरण संरक्षणमा योगदान पु¥याएको भन्दै मेयर आचार्यलाई सम्मान गरिएको हो ।

पोखरा

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेपाली सेनाको प्रधान सेनापति प्रशंसा निसानबाट सम्मानित भएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मेयरलाई अचार्यालाई निसानले सम्मानित गरेका हुन् ।

नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियान अन्तर्गत जैविक विविधता तथा पर्यावरण संरक्षणमा योगदान पु¥याएको भन्दै मेयर आचार्यलाई सम्मान गरिएको हो ।

सम्मान पाएपछि मेयर आचार्यले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्रत्यक्ष रुपमा प्रभावित समुदायको उत्थान, जीविकोपार्जनको कार्यक्रममा लाग्न प्रोत्साहन मिलेको बताए ।

पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा महानगरपालिकाले सेनाको टोलीलाई आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति २०८० मंसिर १६ गते शनिबार ०७:३६
हजुरको प्रतिक्रिया