२०८३ कात्तिक ११ गते मंगलबार

पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १७ गते आइतबार ०४:०४

पोखरा पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर भएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट...

पोखरा

पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर भएको छ ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट १ सय २६ जना महिला लाभान्वित भएका छन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परीक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।

शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए ।

उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति २०८० मंसिर १७ गते आइतबार ०४:०४
हजुरको प्रतिक्रिया