२०८३ साउन २१ गते बिहीबार

जनयुद्धमा छियाछिया बिजुलीको पोल बेनी ल्याइदै

जनयुद्धमा छियाछिया बिजुलीको पोल बेनी ल्याइदै

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८० मंसिर २१ गते बिहीबार ०७:०३

मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएको छ ।

म्याग्दी
दुई दशक अगाडि तत्कालीन नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भीडन्तमा छियाछिया भएको बिजुलीको (खम्बा) बेनी आइपुग्ने भएको छ ।

मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएको छ ।

२०६३ साल असोज २१ गते बेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोल विद्युतका कर्मचारीसँगको मिलेमतोमा सुटुक्क लगिएको थियो ।

मदन पुरस्कार गुठीका कनकमणि दीक्षितले बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेललाई हस्तान्तरण गरेका छन् ।

यसअघि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्रीसहितको टोली पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयमै पुगेर दीक्षितलाई भेटी पोल फिर्तीको सहमति गरेका थिए ।

पोल लिन बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल, काठमाडौंमा रहेका होटल ब्यवसायी लोकबहादुर बानियाँसहितको टोली गुठी पुगेका थिए ।

युद्धका अवशेषहरू नयाँ पुस्ता र विदेशीलाई युद्ध सङ्ग्रहालय मार्फत आकर्षित गर्ने योजना रहेको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताए ।

बेनी नगरपालिकाले ७ नम्बर वडाको वीरेन्द्रचोकमा निर्माण गर्न लागेको शान्ति पार्कमा ‘द्वन्द्वकालीन युद्ध स्मारक’ का रूपमा संरक्षित गर्न चाहेकोले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समितिमार्फत मदन पुरस्कार पुस्तकालयलाई पत्राचार गरिएको थियो ।

०७९ वैशाखमा मेयर जितेपछि उनले पोल बेनी फिर्ता ल्याउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

०६० चैत ७ गते बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १५ घण्टासम्म भिडन्त भएको थियो ।

 राती ११ बजेदेखि सुरु भएको भिडन्त चैत्र १२ गते दिउँसो २ बजेसम्म भिडन्त भएको थियो ।

बेनी आक्रमणमा माओवादीका ९ वटा बटालियनका ४ हजार ५ सय लडाकु र १ हजार ९ सय स्वयंसेवक संलग्न थिए ।

माओवादीले बेनी आक्रमणमा ६६ वटा एके–४७ राइफल प्रयोग गरेका थिए । तत्कालीन माओवादी र राज्यबीच ठूलो भीडन्त बेनीमा भएको थियो ।

प्रकाशित मिति २०८० मंसिर २१ गते बिहीबार ०७:०३

हजुरको प्रतिक्रिया