२०८३ साउन २१ गते बिहीबार

पछिल्लाे २४ घण्टामा थप १० जनाकाे निधन, १ हजार २४ जनामा काेराेना पुष्टि

पछिल्लाे २४ घण्टामा थप १० जनाकाे निधन, १ हजार २४ जनामा काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २० गते शनिबार ०४:५३

पाेखरा । काेराेना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर थप १० जनाकाे निधन भएकाे छ । यससंगै देशभर हालसम्म काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ५७७ पुगेकाे छ । यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार २४ जनामा...

देशभर अझै १४ हजार २५५ जना सक्रिय संक्रमित

पाेखरा । काेराेना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर थप १० जनाकाे निधन भएकाे छ । यससंगै देशभर हालसम्म काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ५७७ पुगेकाे छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । ६ हजार ७४ जनाको कोरोना परीक्षण गर्दा साे संख्याका संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर २२०६ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ । यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति २०७७ मंसिर २० गते शनिबार ०४:५३
हजुरको प्रतिक्रिया