२०८३ साउन २१ गते बिहीबार

मनाङेलाई गण्डकीको मन्त्री बनाउन दबाब दिदै नेपाल

मनाङेलाई गण्डकीको मन्त्री बनाउन दबाब दिदै नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २३ गते शनिबार ०६:२१

'व्यवहारिक रुपमा यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ । मैले उहाँलाई अस्ती पनि भनिसके तपाई आलटाल नगर्नुस् ।'

पोखरा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेश सरकारमा समाजवादीलाई समावेश गर्न आलटाल भइरहेको टिप्पणी गरेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दीपक मनाङेलाई मुख्यमन्त्री बनाउन आलटाल गरेको उनको आरोप छ ।

नीति तथा योजना आयोग, समिति सभापति र सातै प्रदेशको मन्त्रीमण्डल समाजवादीलाई समावेश गर्ने सहमती भएको उनले बताए ।

‘सहमतीको कार्यन्वयन भइरहेको छैन । सहमती कार्यन्वयको शिलशिलामा यहाँ नीति तथा योजना आयोगमा कार्यन्वयन भयो । अर्को सहमती मन्त्रीमण्डल समावेश गर्ने कुरा त्यो भएको छैन’, अध्यक्ष नेपालले भने, ‘नीतिगत रुपमा सहमती कार्यन्वयन हुन्छ भन्ने कुरा भाछ । व्यवहारिक रुपमा यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ । मैले उहाँलाई अस्ती पनि भनिसके तपाई आलटाल नगर्नुस् । आज पनि म फोन गरौंला उहाँलाई ।’

शनिबार पोखरामा भएको पत्रकार भेटघाटमा नेपालले मनाङे पार्टीप्रति प्रतिबद्ध भएकाले मन्त्री बनाउने जिम्मेवारी आफ्नो रहेको सुनाए ।

मनाङको प्रदेशसभा (ख) बाट स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

मनाङेले गण्डकीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने बेला समर्थन जनाएका थिए । पछि विश्वासको मत भने दिएनन् ।

नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा मनाङेले विश्वासको मतसमेत दिएका थिए ।

सुरुमा मनाङेलाई मन्त्री बनाउने बताइएपनि मन्त्रीमण्डलले पूर्णता पाउँदा उनको नाम काटेर नेपाली कांग्रेसका जीतप्रकाश आलेको इन्ट्री भएको चर्चा चलेको थियो ।

प्रकाशित मिति २०८० मंसिर २३ गते शनिबार ०६:२१

हजुरको प्रतिक्रिया