२०८३ साउन २१ गते बिहीबार

पोखरा १३ मा क्यान्सर पीडितका लागि कपाल संकलन

पोखरा १३ मा क्यान्सर पीडितका लागि कपाल संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २३ गते शनिबार ०६:३४

नेपालमै पहिलोपटक वडास्तरबाटै क्यान्सर पीडितका लागि कपाल संकलन गरिएको वडाध्यक्ष बरालको दाबी छ ।

पोखरा

पोखरा मानगरपालिका १३ को सक्रियतामा पोखरामा क्यान्सर पीडितका लागि कपाल संकलन गरिएको छ ।

स्थानीय मेलमिलाप युवा क्लबसँगको सहकार्यमा कपाल संकलन गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

शनिबार गरिएको संकलन कार्यक्रममा १५ जनाले कपाल दान गरेका थिए ।

नेपालमै पहिलोपटक वडास्तरबाटै क्यान्सर पीडितका लागि कपाल संकलन गरिएको वडाध्यक्ष बरालको दाबी छ ।

‘अहिले नेपालमा मात्रै होइन, विश्वभर नै क्यान्सर पीडितहरुको संख्या बढ्दै गएको देखिन्छ । उहाँहरुलाई सहयोग होस्, इन्करेज होस् भनेर अहिले सुरुआतमात्रै गरेका हौं,’ वडाध्यक्ष बरालले भने, ‘यो कार्यक्रमलाई नियमित रुपमा अगाडि लैजाने गरी योजना बनिरहेको छ ।’

वडाध्यक्ष बरालले क्यान्सर पीडितका लागि कपाल संकलन कार्यक्रम राखेपछि सबैतिरबाट राम्रो प्रतिक्रिया आइरहेको सुनाए ।

यसअघि पोखरा महानगर १३ ले वडाका १ सय २६ जना महिलाको यौन तथा प्रजनन् स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रकाशित मिति २०८० मंसिर २३ गते शनिबार ०६:३४
हजुरको प्रतिक्रिया