२०८३ असोज २४ गते शनिबार

प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिए

प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार ०७:१६

गजुरेलले राजीनामा स्वीकृत भएपछि मात्रै सबै कुरा खुलाउने बताएका छन्।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका गजुरेलले राजीनामा स्वीकृत भएपछि मात्रै सबै कुरा खुलाउने बताएका छन्। गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत हुन्।

२०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनेका गजुरेलले राजीनामा दिएको तर स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । गजुरेलले प्रधानमन्त्री प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्।

गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर त्यहाँ लेखनाथ दाहाल ‘राजन’लाई टिकट दिइएको थियो। टिकटकै विषयले असन्तुष्ट गजुरेललाई थुम्थुम्याउन सल्लाहकार बनाएकाे चर्चा हुने गरेकाे थियाे ।

असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्।

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ०७:१६
हजुरको प्रतिक्रिया