२०८३ साउन २१ गते बिहीबार

आइतबार थप १७ काे ज्यान गयाे, १ हजार ९६ संक्रमित थपिए

आइतबार थप १७ काे ज्यान गयाे, १ हजार ९६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २१ गते आइतबार ०५:४०

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाले काेराेना भाइरसका कारण ज्यान गुमाएका छन् । यससंगै काेराेनाका कारण देशभर ज्यान गुमाउनेकाे संख्या १ हजार ५९४ पुगेकाे छ । यस्तै, गत २४ घण्टामा १ हजार ९६ जनामा काेराेना भाइरसकाे संक्रमण...

परिक्षणकाे दर घट्याे, संक्रमणकाे जाेखिम उस्तै

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाले काेराेना भाइरसका कारण ज्यान गुमाएका छन् । यससंगै काेराेनाका कारण देशभर ज्यान गुमाउनेकाे संख्या १ हजार ५९४ पुगेकाे छ ।
यस्तै, गत २४ घण्टामा १ हजार ९६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ६ हजार ४९५ जनाको पीसीआर परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेकाे छ । यस अवधिमा १ हजार ७५२ जना निकाे भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

अहिलेसम्म देशभर १७ लाख ८४ हजार ५१९ जनाकाे पीसीआर भएकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २१ गते आइतबार ०५:४०
हजुरको प्रतिक्रिया