२०८३ कात्तिक ११ गते मंगलबार

६ हजार २ सय २० जनाकाे परिक्षणबाट १ हजार १४ संक्रमित थपिए

६ हजार २ सय २० जनाकाे परिक्षणबाट १ हजार १४ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २२ गते सोमबार ०५:२१

पाेखरा । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार योसँगै नेपालमा...

पाेखरा । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ मंसिर २२ गते सोमबार ०५:२१
हजुरको प्रतिक्रिया