२०८३ साउन २१ गते बिहीबार

मंसिरमा कास्की प्रहरीले ४६ जना फरार प्रतिवादी समात्यो

मंसिरमा कास्की प्रहरीले ४६ जना फरार प्रतिवादी समात्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २ गते सोमबार ०२:१८

फरार प्रतिवादीबाट २ लाख १२ हजार २ सय रुपैयाँ जरिवाना असुल भएको छ ।

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

मंसिर महिनामा प्रहरीले पक्राउ गरेर कैद र जरिवाना भुक्तान गराएको छ ।

अदालतले दोषी ठहर गरेपनि फरार रहेकालाई पक्राउ गरेर अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उनका अनुसार सबैभन्दा धेरै चेक अनादार मुद्वामा २९ जना पक्राउ परेका छन् ।

सार्वजनिक स्थानमा अभद्र र जालसाझी मुद्वाका फरार ४÷४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जुवा मुद्वाका ३, चोरी मुद्वाका २, दुषित तथा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, साधारण चोरी, सवारी अंगभंग र अभद्र व्यवहार मुद्वामा फरार १÷१ जना पक्राउ परेको डिएसपी विकले जानकारी दिए ।

४ महिना १६ दिन कैदान भुक्तान गराइएको उनको भनाइ छ ।

फरार प्रतिवादीबाट २ लाख १२ हजार २ सय रुपैयाँ जरिवाना असुल भएको छ ।

 

प्रकाशित मिति २०८० पुस २ गते सोमबार ०२:१८
हजुरको प्रतिक्रिया