२०८३ असोज २४ गते शनिबार

कांग्रेस सभापति देउवा भन्छन्ः कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ

कांग्रेस सभापति देउवा भन्छन्ः कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ३ गते मंगलबार ०७:४८

‘यो संविधान अनुसार एक पार्टीको बहुमत पु¥याउन धेरै सजिलो छैन, धेरै गाह्रो छ । यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । आवश्यकता पनि हो । त्यसैले अहिले हाम्रो पार्टीको आकर्षक सिद्धान्तलाई मानेर सबै पार्टीहरु मिलेर आएका छन् । त्यसमानेमा हाम्रो पार्टीको जीत भएको मान्नुपर्छ हामीले ।’

पोखरा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरु पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् । उनले सरकार गठनका निम्ति सबै पार्टी कांग्रेससँग आउनुलाई जीत भएको मान्नुपर्ने बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीको पोखरामा सुरु प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘यो संविधान अनुसार एक पार्टीको बहुमत पु¥याउन धेरै सजिलो छैन, धेरै गाह्रो छ । यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । आवश्यकता पनि हो । त्यसैले अहिले हाम्रो पार्टीको आकर्षक सिद्धान्तलाई मानेर सबै पार्टीहरु मिलेर आएका छन् । त्यसमानेमा हाम्रो पार्टीको जीत भएको मान्नुपर्छ हामीले ।’

पूर्वप्रधानमन्त्री समेत रहेका उनले कांग्रेसलाई बहुमतको पार्टी एकजुट हुनुको विकल्प नरहेको सुनाए । ‘हाम्रो पार्टी अहिले सबैभन्दा ठूलो पार्टी भएको छ । भोलिका दिनमा अझ ठूलो पार्टी बहुमतै ल्याउन बनाउनेतिर लाग्ने हो कि’, उनको आग्रह छ ।

जसरी भएपनि पार्टीलाई एक बनाउनुपर्नेमा उनको जोड छ । आपसमा मेलमिलाप गराएर आपसमा एकता बनाएर भरसक बहुमतको पार्टी नभए सबभन्दा ठूलो पार्टी बनाउन उनले नेता कार्यकर्तालाई निर्देशन दिए ।

देउवाले देशभर नै कांग्रेसमा उत्साह देखिएको बताए । प्रदेश सम्मेलनबाट कांग्रेसमा उत्साह देखिएको प्रस्ट हुने उनको दाबी छ । कांग्रेसमा आकर्षण बढेकाले अरु पार्टी, मिडियासँग विदेशमा पनि पार्टी एक हुन्छ कि हुदैन चिन्ता देखाइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८० पुस ३ गते मंगलबार ०७:४८
हजुरको प्रतिक्रिया