२०८३ असोज २४ गते शनिबार

मिडियाप्रति देउवाको कटाक्षः नकरात्मक समाचारले मात्र प्राथमिकता पाए

मिडियाप्रति देउवाको कटाक्षः नकरात्मक समाचारले मात्र प्राथमिकता पाए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ४ गते बुधबार ०८:०१

‘पत्रकारिताको सम्बन्धमा एउटा भनाइ छ ब्याड न्युज इज गुड न्युज अफ मिडिया भनेर । भिडियाको लागि ब्याड गुज न्युज थाहा हुँदै हुदैन’, उनले भने ।

जनही १ लाख ११ हजार राशिसहित तीन पत्रकार सम्मानित

पोखरा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चार माध्यमले खराब समचारलाई प्र्राथमिकता दिने बताएका छन् ।

‘पत्रकारिताको सम्बन्धमा एउटा भनाइ छ ब्याड न्युज इज गुड न्युज अफ मिडिया भनेर । भिडियाको लागि ब्याड गुज न्युज थाहा हुँदै हुदैन’, उनले भने ।

‘एक पटक बेलायतमा भर्खर पढ्दै थियौं । पढ्दाखेरि नेपाली एम्बेसीमा जुलुस निकाल्छौं आइदिनुस भनेर त्यहाँको बिबिसीलाई भनें मैले । कहाँ यस्तो बम पड्काउनुस ! उसो भए आउँछौं, नभए आउँदिन भने’, उनले सुनाए ।

बुधबार नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको देउवाले त्यतिबेला बिबिसीले यस्ता कति वटा कार्यक्रम जाने भनेर प्रश्न गरेको सम्झिए ।

पूर्व सांसद तथा उद्योगपति स्व.सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान प्रदान गरिएको छ । ३ जना पत्रकारलाई देउवाले सम्मान गरे ।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष डा.सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षद्वय माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन् ।

तीनै जना जनही १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित सम्मानित भए ।

प्रकाशित मिति २०८० पुस ४ गते बुधबार ०८:०१

हजुरको प्रतिक्रिया