२०८३ साउन २१ गते बिहीबार

इसाई धर्मावलम्बीले क्रिसमस डे मनाउँदै

इसाई धर्मावलम्बीले क्रिसमस डे मनाउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ९ गते सोमबार ०७:३९

क्रिसमस डे मा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

पोखरा

आज क्रिसमस डे । इसाई धर्मावलम्बीले क्रिसमस डे मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियालीमा इसाई धर्मालम्बीले क्रिसमस मनाउने गर्दछन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

प्रकाशित मिति २०८० पुस ९ गते सोमबार ०७:३९
हजुरको प्रतिक्रिया