२०८३ साउन २१ गते बिहीबार

मंसिर २८ देखि मनकामना मन्दिर तथा केवुलकार खुल्ने

मंसिर २८ देखि मनकामना मन्दिर तथा केवुलकार खुल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २३ गते मंगलबार ०६:५२

गोरखा । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने...

गोरखा । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ ।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।

मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले बताए ।

प्रकाशित मिति २०७७ मंसिर २३ गते मंगलबार ०६:५२
हजुरको प्रतिक्रिया