२०८३ असोज २४ गते शनिबार

तमु ल्होसार/ल्होछार पर्व आज मनाइँदै, सार्वजनिक बिदा

तमु ल्होसार/ल्होछार पर्व आज मनाइँदै, सार्वजनिक बिदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १५ गते आइतबार ०७:४९

सरकारले आज सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा देशैभरि सार्वजनिक विदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

पोखरा

आज पुसे पन्ध्रम । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होछार÷ल्होसार’ पर्व मनाउँदैछन । ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

गुरुङ समुदायको बाहुल्य रहेको कास्की, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा देशैभरि सार्वजनिक विदा दिइएको गृहमन्त्रालयले जनाएको छ । ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,गण्डकी प्रदेशका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुखले शुभकामना व्यक्त गरेका छन् । पोखरामा पनि आज विविध कार्यक्रम गरी तमु ल्होछार मनाइँदैछ ।

प्रकाशित मिति २०८० पुस १५ गते आइतबार ०७:४९
हजुरको प्रतिक्रिया