२०८३ असोज २४ गते शनिबार

रवि लामिछानेमाथि खोइलो प्रहार गर्ने रानाभाट रिहा

रवि लामिछानेमाथि खोइलो प्रहार गर्ने रानाभाट रिहा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १८ गते बुधबार ०७:५६

झुक्किएर खोइला मञ्चतिर गएको बयान रानाभाटले प्रहरी समक्ष दिएका थिए ।

पोखरा

रास्वपा सभापति रवि लामिछानेमाथि खोइलो प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । सार्वजनिक स्थानमा शान्ति भंग गरेको कसुरमा गत आइतबार १० दिन म्याद थप गरेपनि कास्की प्रहरीले मंगलबार रानाभाटलाई छाडेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रानाभाटलाई अनुसन्धान गर्दा कसुर पुष्टि नभएपछि छाडिएको हो ।

रविलाई खोइला प्रहार गरेपनि रानाभाटका विरुद्ध कुनै जाहेरी परेको थिएन । तर, कास्की प्रहरीले रानाभाटलाई नियन्त्रणमा लिने क्रममा सार्वजनिक ठाउँमा शान्ति भंग गरेको भन्दै म्याद थप गरेर अनुसन्धान गरेको थियो । गत पुस ७ गते पोखराको अमरसिंह चोकमा पार्टीको सभालाई सम्बोधन गर्दै गर्दा रानाभाटले लामिछानेलाई लक्षित गरेर मकैको खोइला मञ्चतर्फ फालेका थिए । झुक्किएर खोइला मञ्चतिर गएको बयान रानाभाटले प्रहरी समक्ष दिएका थिए ।

 

प्रकाशित मिति २०८० पुस १८ गते बुधबार ०७:५६
हजुरको प्रतिक्रिया