२०८३ कात्तिक ११ गते मंगलबार

सञ्जय रानाभाटलाई गाउँ पर्यटन पत्रकारिता पुरस्कार

सञ्जय रानाभाटलाई गाउँ पर्यटन पत्रकारिता पुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १९ गते बिहीबार ०७:१६

प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ ।

पोखरा

गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीले प्रदान गर्ने गाउँ पर्यटन पत्रकारिता पुरस्कार पत्रकार सञ्जय रानाभाटलाई प्रदान गरिएको छ ।

भिटोफ गण्डकीको नवौं साधरणसभा तथा चौंथो अधिवेशनमा अवसर पारेर बिहिबार रानाभाटलाई पुरस्कार प्रदान गरिएको हो ।

अर्मलाकोटमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, भिटोफका केन्द्रीय अध्यक्ष गोपाल थापा र गण्डकी अध्यक्ष उदय सुवेदीले दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरे ।

प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ ।

ग्रामिण पर्यटन प्रबद्र्धनमा योगदान पु¥याएबापत रानाभाटलापुरस्कार प्रदान गरेको अध्यक्ष सुवेदीले बताए ।

पुरस्कृत पत्रकार रानाभाट पोखराको समाधान राष्ट्रिय दैनिकमा कार्यरत छन् । उनले २०७८ सालदेखि समाधान दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।

प्रकाशित मिति २०८० पुस १९ गते बिहीबार ०७:१६
हजुरको प्रतिक्रिया