२०८३ असोज २४ गते शनिबार

राष्ट्रियसभा निर्वाचनका लागि सिटौलाले गरे मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि सिटौलाले गरे मनोनयन दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २३ गते सोमबार १२:२०

काठमाडौं आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यको रिक्त पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका...

काठमाडौं

आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यको रिक्त पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ ।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्षको रुपमा हेरिएका सिटौला यसअघि प्रतिनिधि सभा सदस्यमा दुई पटक झापाबाट पराजित भइसकेका छन् ।

सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको हो ।

मनोनयन दर्ताका लागि सोमबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

 

प्रकाशित मिति २०८० पुस २३ गते सोमबार १२:२०
हजुरको प्रतिक्रिया