पोखरा
आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले उमेदवारी दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका ३ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकीमा राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन् । पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।
गण्डकी राष्ट्रिय सभा निर्वाचनमा ६० जना प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । स्थानीय तहका प्रमुख, उपप्रमुख १७० जना पनि मतदाता हुन् । निर्वाचन आयोगका अनुसार गण्डकीमा २३० मतदाता कायम भएका छन् । गण्डकीको कुल मतभार ६ हजार ४१० कायम भएको छ ।
प्रकाशित मिति २०८० पुस २३ गते सोमबार ०१:५८