पोखरा
राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दिएको छ । राप्रपाले २ सिटमा उम्मेदवारी दिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
गण्डकीमा राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिदैछ ।
अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन् । पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति २०८० पुस २३ गते सोमबार ०२:३५