काेराेनाका कारण गण्डकी प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १८० पुग्याे
पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेहरूमा ३ जना पाेखरा महानगरपालिकाका रहेका छन् भने एकजना तनहुँकाे शुक्लागण्डकी नगरपालिकाका रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
पाेखरा महानगरपालिका वडा नं. १० का ८१ बर्षीय संक्रमित पुरूषकाे बिहीबार बिहान उपचारकाे क्रममा पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा निधन भएकाे छ । मृतकमा गत २० गते काेराेना पुष्टि भएकाे थियाे भने निमाेनिया तथा मृगाैलासम्वन्धी थप समस्या रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
पाेखरा महानगरपालिका वडा नं. १३ का ५१ बर्षीय संक्रमित पुरूषकाे बुधबार बिहान पाेखराकाे फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भएकाे छ । नीजमा गत १९ गते काेराेना पुष्टि भएकाे थियाे ।
यस्तै, पाेखरा महानगरपालिका वडा नं. ७ का ६५ बर्षीय काेराेना संक्रमित पुरूषकाे बुधबार बेलुका उपचारकै क्रममा पाेखराकाे चरक मेमाेरियल अस्पतालमा निधन भएकाे छ । नीजमा साेहि दिन काेराेना पुष्टि भएकाे थियाे ।
यता, तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का ७४ बर्षीय संक्रमित पुरूषकाे बिहीबार बिहान उपचारका क्रममा पाेखराकाे चरक मेमाेरियल अस्पतालमा ज्यान गएकाे छ । नीजमा गत २२ गते काेराेना पुष्टि भएकाे थियाे ।
यससंगै गण्डकी प्रदेशमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १८० पुगेकाे छ ।
प्रकाशित मिति २०७७ मंसिर २५ गते बिहीबार ०४:२७




