देशभर हालसम्म २ लाख ३१ हजार बढी निको भए
पाेखरा । वितेकाे २४ घण्टामा देशभर थप १२ जनाले काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टामा १ हजार २१७ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४४३ महिला र ७७४ पुरुषसहित १२१७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १०६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण भएको हाे ।
नेपालमा कोरोनाभाइरसका संक्रमितमध्ये २ लाख ३१ हजार बढी निको भएका छन् । बिहीबारसम्म कुल २ लाख ४५ हजार ६५० जना संक्रमितमध्ये २ लाख ३१ हजार ६०१ जना निको भएका हुन् । हाल देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन् । अर्थात संक्रमितमध्ये ९४.२ प्रतिशत निको भएका छन् । अब सक्रिय संक्रमित दर ५.०४ प्रतिशत रहेको छ । यस्तै संक्रमितमध्ये १६६३ अर्थात ०.६८ प्रतिशतको मृत्यु भएको छ ।
हालसम्म १८ लाख १३ हजार २०४ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रकाशित मिति २०७७ मंसिर २५ गते बिहीबार ०४:३६



