२०८३ साउन २१ गते बिहीबार

कास्कीको अन्नपूर्ण गाउँपालिका १ का ७६ वर्षीय पुरुषको कोरोनाबाट निधन

कास्कीको अन्नपूर्ण गाउँपालिका १ का ७६ वर्षीय पुरुषको कोरोनाबाट निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २७ गते शनिबार ०४:०५

पाेखरा । कोरोना भाइरसकाे संक्रमणबाट कास्कीमा थप १ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो पटक कास्कीमा थप १ जनाको कोरोनाकाे संक्रमणबाट ज्यान गएको जानकारी दिएको हो । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा...

पाेखरा । कोरोना भाइरसकाे संक्रमणबाट कास्कीमा थप १ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो पटक कास्कीमा थप १ जनाको कोरोनाकाे संक्रमणबाट ज्यान गएको जानकारी दिएको हो ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का ७६ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो साढे ४ बजे निधन भएको हो ।

उनलाई मंसिर २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १८२ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २७ गते शनिबार ०४:०५
हजुरको प्रतिक्रिया