२०८३ कात्तिक ११ गते मंगलबार

पछिल्लाे २४ घण्टामा थप १५ जनाकाे ज्यान गयाे, ८९९ संक्रमित थपिए

पछिल्लाे २४ घण्टामा थप १५ जनाकाे ज्यान गयाे, ८९९ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २७ गते शनिबार ०५:०४

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण निधन भएकाे छ । यससंगै हालसम्म देशभर काेराेना भाइरसकाे संक्रमणका कारण १ हजार ६८९ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, पछिल्लाे २४ घण्टामा ८९९ जनामा...

काेराेनाका कारण हालसम्म देशभर १ हजार ६८९ जनाले ज्यान गुमाए

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण निधन भएकाे छ । यससंगै हालसम्म देशभर काेराेना भाइरसकाे संक्रमणका कारण १ हजार ६८९ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, पछिल्लाे २४ घण्टामा ८९९ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे संगै हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ भने निको हुनेको सख्या २ लाख ३४ हजार २३१ जना रहेका छन् ।

हालसम्म देशभर ११ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति २०७७ मंसिर २७ गते शनिबार ०५:०४
हजुरको प्रतिक्रिया