२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ४ गते बिहीबार ०४:४२

बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ

पाेखरा/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ ।

बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो ।

सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् ।

गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति २०८० माघ ४ गते बिहीबार ०४:४२
हजुरको प्रतिक्रिया