२०८३ असोज २४ गते शनिबार

तमानखाेलामा लागेकाे ताला प्रहरीले खाेल्याे, पालिकाले घेराउ गर्ने ३ दलको तयारी

तमानखाेलामा लागेकाे ताला प्रहरीले खाेल्याे, पालिकाले घेराउ गर्ने ३ दलको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ७ गते आइतबार ०३:४८

त्यसमा असहमति जनाउँदै माओवादीका सभा सदस्यहरुले ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारीमा थिए । तर, आफूहरुलाई नोट अफ डिसेन्ट लेख्न नदिई सभाबाट बाहिर निकालेर निर्णय पास गरिएको उनीहरुको आरोप छ ।

पाेखरा
पालिकाले पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेपछि जनप्रतिनिधिले लगाएको ताला प्रहरीको सहयोगमा शनिबार खोलिएको छ ।

छलफलबेगर ताला खोलिएको भन्दै असन्तुष्ट पक्ष नेकपा माओवादी, एमाले जनमोर्चाले संयुक्त विज्ञप्ति जारी थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

पालिकाको हिउँदे अधिवेशनले बागलुङ नगरपालिकामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउन १४ लाख रुपैयाँ विनियोजन गरेको थियो । विपी स्मृति भवनको नामबाट बागलुङ नगरपालिकामा उक्त भवन बन्ने तयारीमा छ ।

एउटा पालिकाको बजेट अर्को पालिकामा बन्ने भवनका लागि छुट्याइएपछि नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले माघ ४ गते पालिकामा तालाबन्दी गरेका थिए । उक्त ताला शनिबार प्रहरीको सहयोगमा खोलिएको हो ।

आफूहरुसँग छलफल नगरी ताला खोलिएको भन्दै नेकपा माओवादीसहित ३ दलले संयुक्त विज्ञप्ति जारी थप आन्दोलन गर्ने बताएका हुन् ।

आइतबार बसेको बैठकमा पनि सहमति जुट्न नसकेको तमानखोला–४ का वडाध्यक्ष छप्रसाद श्रिपालीले बताए ।

बागलुङ नगरपालिकामा बन्ने भनिएको भवनका लागि छुट्याइएको बजेट फिर्ता गर्ने निर्णय नहुँदासम्म आफूहरुले आन्दोलन जारी राख्ने श्रिपालीले बताए ।

पुस २९ गतेदेखि सुरु भएको हिउँदे तमानखोला गाउँसभामा विपी स्मृति भवनका लागि बजेट विनियोजन गर्ने प्रस्ताव पेश भएको थियो ।

त्यसमा असहमति जनाउँदै माओवादीका सभा सदस्यहरुले ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारीमा थिए ।

तर, आफूहरुलाई नोट अफ डिसेन्ट लेख्न नदिई सभाबाट बाहिर निकालेर निर्णय पास गरिएको उनीहरुको आरोप छ ।

गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसका २३ र माओवादी केन्द्रका ११ जना जनप्रतिनिधि छन् ।

प्रकाशित मिति २०८० माघ ७ गते आइतबार ०३:४८
हजुरको प्रतिक्रिया