२०८३ साउन २१ गते बिहीबार

५ हजारमा झर्‍यो पीसीआर टेष्ट, थप ८३० जनामा संक्रमण पुष्टि

५ हजारमा झर्‍यो पीसीआर टेष्ट, थप ८३० जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २८ गते आइतबार ०४:५१

पाेखरा । नेपालमा पछिल्ला केहि दिनयता काेराेना भाइरसकाे नमुना परिक्षण दर घटेकाे छ । आइतबार देशभरका प्रयाेगशालाकाे परिक्षण दर ५ हजारमा झरेकाे देखिन्छ । देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा पछिल्लो २८ घण्टामा थप ८३० जनामा...

पाेखरा । नेपालमा पछिल्ला केहि दिनयता काेराेना भाइरसकाे नमुना परिक्षण दर घटेकाे छ । आइतबार देशभरका प्रयाेगशालाकाे परिक्षण दर ५ हजारमा झरेकाे देखिन्छ ।

देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा पछिल्लो २८ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् भने १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति २०७७ मंसिर २८ गते आइतबार ०४:५१
हजुरको प्रतिक्रिया