२०८३ साउन २१ गते बिहीबार

पर्यटन प्रबर्द्धनको रणनीति सिक्दै गण्डकीका स्थानीय तह

पर्यटन प्रबर्द्धनको रणनीति सिक्दै गण्डकीका स्थानीय तह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १३ गते शनिबार ०६:५४

प्रदेशका २४ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सहभागि कार्यशालाले पर्यटन प्रबर्द्धनको गर्ने रणनीति र कार्ययोजना बनाउन सिकाउनेछ ।

पोखरा

स्थानीय सरकारको पर्यटन प्रवद्र्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला शुरु भएको छ । शनिबार पोखरामा सुरु कार्यशाला ३ दिनसम्म चल्नेछ ।गण्डकी

प्रदेशका २४ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सहभागि कार्यशालाले पर्यटन प्रबद्र्धन गर्ने रणनीति र कार्ययोजना बनाउन सिकाउनेछ ।

कार्यशालामा बोल्दै नेपाल सरकारका पूर्वसहसचिव रमेशकुमार अधिकारीले पर्यटनका लागि हरेक स्थानीय तहले स्पष्ट नीति बनाउन आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी), संस्कृति, पर्यटन तथा नागरिक उड्ुयन मन्त्रालयले कार्यशाला आयोजना गरेका हुन् ।

उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले समन्वय गरेको छ ।

परियोजनाले सात प्रदेश मध्ये यसअघि कोशी, मधेस, सुदुपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा कार्यशाला गरिसकेको छ । गण्डकीमा सकिएपछि बाग्मती प्रदेशमा हुनेछ ।

प्रकाशित मिति २०८० माघ १३ गते शनिबार ०६:५४
हजुरको प्रतिक्रिया