लैंगिक हिंसा र लागू औँषध दुव्यसनी सामाजिक समस्या रुपमा रहदैँ आएको छ ः गृहमन्त्री
पोखरा,
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागू औँषध दुव्यसनी सामाजिक समस्या भएकाले यसलाई निर्मुल पार्न सरकार गम्भिर रुपमा लागि परिरहेको बताएका छन् ।
पोखरामा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजनामा लैंगिक हिंसा एवं लागुऔषध दुव्यसनी विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठको अनुसार लागुऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गरेर समाजबाट लागुऔषध निस्तेज पार्ने सकिन्छ ।
लागुऔषधको दुरुपयोग गरी समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानुनी कारबाही गर्न समेत श्रेष्ठले निर्देशन दिए ।
लैंगिक हिंसा तथा लागुऔषध दुव्यसनी विरुद्दको पर्चा, पम्पलेट,व्यानर र झाँकी सहित विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुले पोखराको मानव अधिकार चोकदेखि प्रभातफेरी कार्यक्रम गरेका थिए ।
प्रकाशित मिति २०८० माघ २० गते शनिबार ०४:१८




