पोखरा
प्रधानमन्त्री कार्यालयले निर्देशनसहित पत्राचार गरेपछि पोखरा महानगरपालिकाले आलु प्याज बिक्री गर्ने पसलको अनुगमन गरेको छ ।
मंगलबार पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको टोली आलु, प्याज र तरकारी बिक्री गर्ने पसलमा अनुगमन गरेको हो ।
माघ २८ गते प्रधानमन्त्रीको कार्यालयबाट आलु, प्याज विक्री गर्ने पसलको अनुगमन गर्न निर्देशनसहितको पत्र पोखरा महानगरपालिकाले प्राप्त गरेको थियो ।
‘हेलो प्रधानमन्त्री’ मा पोखरामा कुहिएको आलु प्याज भेटिएको भन्दै गुनासो दर्ता भएपछि महानगरलाई प्रधानमन्त्रीको कार्यालयले पत्र लेखेको थियो ।
पोखराको शान्ति वनस्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका ४ आलुु, प्याजका पसलमा अनुुगमन गरिएको अनुगमन संयोजकसमेत रहेकी मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
अनुुगमनका क्रममा मुल्यसूचि टाँस नभएको, नापतौलको दर्ता नभएको, व्यवसाय नविकरण नगरेको, खरिद तथा बिक्री बिल नभएको भेटिएको उनको भनाइ छ ।
आलु प्याजको खुद्रा र होलसेल मुुल्यमा धेरै अन्तर फेला परेको छ । उपभोक्ता र व्यवसायी दुुवैलाई मर्का नपर्ने गरी समायोजनका लागि पहल उपप्रमुख गुरुङको भनाइ छ ।
अनुुगमनका क्रममा हेलो प्रधानमन्त्रीमा परेको उजुरीमा जस्तो कुहिएका आलु, प्याज नभेटिएको पोखरा महानगर आर्थिक विकास महाशाखा मनहर कडरियाले बताए ।
प्रकाशित मिति २०८० फागुन १ गते मंगलबार ०४:४९




