२०८३ असोज २४ गते शनिबार

बराहपाखो सामुदायिक वनमा पक्की ढलान सहितको पदमार्ग निर्माण

बराहपाखो सामुदायिक वनमा पक्की ढलान सहितको पदमार्ग निर्माण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ५ गते शनिबार ०९:४०

पदमार्ग बनेपछि बिहान बेलुकी घुम्न निस्कनेलाई, वनभोजस्थलमा जाने र बराहपाखो क्षेत्रमा रहेको बेनी खानेपानीको ट्यांकी, पूरानो खानेपानीको मुल मर्मतका लागि समेत सहज भएको छ ।

हरिकृष्ण गौतम ।

म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक वनमा पदमार्ग निर्माण गरिएको छ ।

बेनी नगरपालिका–७ को योजना अन्तर्गत सामुदायिक वनभित्र रहेको वनभोजस्थलदेखि हुलाकचोकसम्म करिब १ सय ७० मिटर पदमार्ग निर्माण गरिएको हो ।

वनभित्र रहेको पूरानो पैदलमार्गलाई व्यवस्थित गर्न वडाको ५ लाख र जनश्रमदान ५५ हजार गरि कुल ५ लाख ५५ हजारको लागतमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले जानकारी दिए ।

पदमार्ग बनेपछि बिहान बेलुकी घुम्न निस्कनेलाई, वनभोजस्थलमा जाने र बराहपाखो क्षेत्रमा रहेको बेनी खानेपानीको ट्यांकी, पूरानो खानेपानीको मुल मर्मतका लागि समेत सहज भएको छ ।

वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले पुराना पदमार्गलाई मर्मतसम्भार र नयाँ ट्रयाक खोल्ने काम पनि सँगसँगै गरिएको बताए ।

सामुदायिक वनभित्र करिब १ किलोमिटर पदमार्गको सञ्जाल बनाउने उनको भनाइ छ ।

पक्की ढलान सहितको पदमार्ग निर्माणपछि गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम कम गर्न समेत यसले अग्नीरेखाको काम गर्ने गरेको छ ।

बराहपाखो साामुदायिक वनमा बाक्लो मात्रामा सल्ला रहेकाले आगो छिटो फैलिन सक्ने खतरालाई समेत पदमार्गले न्यूनिकरण गर्नेछ ।

बराहपाखो सामुदायिक बनको माथिल्लो क्षेत्रमा वडा नं ८ बाट साइकल लेन ल्याउने र तल्लो क्षेत्रमा पदमार्ग बनाउने बाहेक अन्य संरचनाहरूलाई प्राथमिकता नदिइएको वडा कार्यालयले जनाएको छ ।

वनभित्र विभिन्न प्रजातिका फलफुल रोपिएको छ ।

बजार नजिकै भएकाले हुने चोरीनिकासीलाई मध्यनजर गरी नियमित बन क्षेत्रमा अनुगमन सहित कुनै संकास्पद गतिविधि देखेमा सुरक्षाकर्मी, वन कर्मचारीलाई खबर गर्ने गरेका छन् ।

यसैबीच रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजना र खानेपानी, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको सहयोगमा पूरानो पोखरी र चौतारी मर्मत तथा पहिरो नियन्त्रणको काम समेत धमाधम भइरहेको छ ।

प्रकाशित मिति २०८० फागुन ५ गते शनिबार ०९:४०
हजुरको प्रतिक्रिया